सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा एक वृद्धा मृत भेटिइन

फाइल फोटो
फाइल फोटो
२०७७ मंसिर १६, ०३:०१ खबर संवाददाता

बाजुरा: बाजुरामा एक वृद्धा मृत अवस्थामा फेला परेकी छिन्। जिल्लाको त्रिवेणी नगरपालिका–९ की ७८ वर्षीया अम्बीका पाध्याय बुढीगंगा नदिमा मृत अवस्थामा फेला परेकी हुन। 

उनी मंसिर १० गतेदेखि हराएको प्रहरीले जनाएको छ। हराएपछि उनको परिवारले खोजी गरिदिन प्रहरीमा निवेदन दिएको र सोही निवेदनको आधारमा खोजी गर्दै जाँदा मंगलबार पाध्यायको शव भेटिएको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी बलेन्द्र नाथले बताए। 

उनका शव परीक्षणका लागि जिल्ला अस्पताल बाजुरा ल्याउन लागिएको प्रहरीले जनाएको छ। 

कमेन्ट लोड गर्नुस