सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोना कहरकै बीच उग्रतारा मेला सम्पन्न

२०७७ मंसिर १५, ०६:५४ खबर संवाददाता

डडेल्धुरा : सोमबार डडेल्धुरा सुदूरपश्चिम प्रदेशकै प्रसिद्ध उग्रतारा मेला (देहिजाँत)सम्पन्न भएको छ । यस क्षेत्रमा देहिजाँत भनेर चिनिने यो मेला प्रशिद्ध शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा भव्यरूपमा लाग्ने गर्छ।

हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमाको रात ‘रतेडी’ र दोस्रो दिन ‘दिउँसेडी’ मेला लाग्ने प्रचलन छ। राति लाग्ने मेलालाई ‘रतेडी’ र दिउँसो लाग्ने मेलालाई ‘दिउँसेडी’ देहिजाँत भनिन्छ । राती र दिउँसो गरी दुई दिन हुने मेलामा यस वर्ष आइतबार बेलुकादेखि भएको थियो भने  सोमबार बेलुकी सम्पन्न भएको हो। 

अमरगढी–६ दुमडा, छचोडा, अमरगढी ८ खनमडा र अमरगढी–५ जिलोडामा भ्राण रहेको उग्रतारा मन्दिरमा यी चारवटै गाउँबाट रतेडी मेलाका लागि बिहान चार बजे ‘देउँरो’ आई दिउँसेडी मेला सुरु हुने गर्छ। बिहान चार बजे मन्दिरमा चारै गाउँका देउरा पुगेपछि भगवती माताको पूजा आराधना सुरु हुन्छ। 

पूजाआजापछि प्रसादका रूपमा तिलक ग्रहण गर्ने गरिन्छ। बिहानको पूजाआजापछि दिउँसो दाइन दमाह, रुइसिंगका साथ मन्दिर क्षेत्रको मैदानमा गाँज नचाइन्छ। बेलुकी चारवटै गाउँबाट आएका देउरा गाउँमै पु¥याएपछि जाँत सम्पन्न भएको उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष तेजबहादुर साँकीले बताए। 

अरू वर्ष देहिजातको रूपमा मानिने उग्रतारा भगवती मेलामा सुदूरपश्चिम, कर्णाली प्रदेश तथा भारतबाट समेत श्रद्धालु आउने भएपनि यो वर्ष कोरोनाका कारण नआएको उनको भनाइ छ। मन्दिर जिल्ला सदरमुकामबाट करिव ५ किलोमिटर टाढा डडेल्धुरा–बैतडी जोड्ने महाकाली राजमार्गसँगै सुन्दर डाँडामा रहेको छ। 

देहिजाँतमा स्थानीयहरूले भगवतीको गाथा गाएर देउडा खेल्ने चलन छ। यस्तै प्रशिद्ध उग्रतारा मेला देहिजाँत लाई लक्षित गरि डडेल्धुरामा दुई दिन सवारीका साधन सञ्चालनमा रोक लगाईएको थियो। कोरोनाका कारण यस बर्ष भगवती माताको मन्दिर उग्रतारामा नित्यपुजा बाहेक मेला भर्न रोक लगाइएको थियो।

कमेन्ट लोड गर्नुस