सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुराका ३ स्थानीय तहमा अस्पताल भवन शिलान्यास

२०७७ मंसिर १५, ०४:३१ खबर संवाददाता

हरिश चन्द, डडेल्धुरा : डडेल्धुराका ७ मध्ये ३ स्थानीय तहमा अस्पताल भवनको शिलान्यास भएको छ।

जिल्लाको नवदुर्गा गाउँपालिकामा १५ शैया, आलिताल गाँउपालिका र अजयमेरु गाँउपालिकामा १०÷१० शैया अस्पतालको भवन शिलान्यास गरिएको हो। 

सोमबार तीन वटै गाउँपालिका अध्यक्षहरुले भवनको शिलान्यास गरेका हुन।  

नवदुर्गामा भवन शिलान्यास गर्दै अध्यक्षले विष्टले गाउँपालिकाको वडा नम्बर ३ मा स्थापना हुन लागेको अस्पतालले छिमेकी स्थानीय तहका जनालाई समेत सहज हुने बताएका छन्। १५ शैयाको अस्पताल निर्माण २ वर्षभित्र सम्पन्न गर्ने उनले बताए। 

अस्पताल भवनको कुल लागत १८ करोड ६८ लाख २ सय रहेको गाउँपालिकाले जनाएको छ। 

त्यस्तै आलितालमा रहेको १० शैयाको अस्पतालको शिलान्यास कार्यक्रममा बोल्दै अध्यक्ष बलबहादुर गरुङले जनस्ांख्या र क्षेत्रफलको आधारमा सबै स्थानीय तहभन्दा ठुलो रहेको आलितालमा अस्पताल बन्नु खुसीको कुरा भएको बताए।

 आलिताल र अजमेरु गाउँपालिकामा निर्माण हुन लागेको अस्पतालको कुल लागत समान १० करोड ३६ लाख रहेको  छ। ती दुवै अस्पतालको निर्माण कार्य पनि २ वर्षभित्रै सम्पन्न गर्ने जनाइएको छ।
 

कमेन्ट लोड गर्नुस