सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाम बस दुर्घटना : १७ घाइतेहरुको पहिचान खुल्यो

२०७७ मंसिर १५, १२:५९ खबर संवाददाता

धनगढी : अछामबाट धनगढी आउदै गरेको बस दुर्घटनामा पर्ने सबैको पहिचान खुुलेको छ ।

जिल्लाको चौरपाटी गाउँपलिका वडा नम्ब ७ मार्कुमा ना ४ ख ९९७२ नम्बरको बस दुर्घटना हुँदा साँफेबगर नगरपालिका वडा नम्बर ३ का १९ वर्षीय निरज कुँवरको मृत्यु भएको छ । भने चालक यज्ञराज पाण्डेसहित १७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय अछामका निमिक्त प्रमुख तथा प्रहरी निरीक्षक लोकेन्द्र सिंह गुरुले जानकारी दिए । उनीहरु सबैको पहिचान खुुलेको छ ।

घाइते हुनेमा चौरपाटी गाउँपालिका वडा नं ५ की ६५ वर्षिया पार्वती भण्डारी, चौरपाटी गाउँपालिका वडा नं ५ का ४० वर्षीय प्रमानन्द भण्डारी, चौरपाटी गाउँपालिका वडा नं ५ लुङ्ग्राकी २३ वर्षीया मनदेवी भण्डारी, मेल्लेख गाउँपालिका वडा नं ७ नन्देगडाकी ३१ बर्षिया युवती उपाध्याय, मेल्लेख गाउँपालिका वडा नं ७ नन्देगडा का ९ वर्षिय डण्ड प्रसाद उपाध्याय, भीमदत्त नगरपालिका १८ की २५ वर्षीया सोनिया चन्द रहेकी छिन् ।

त्यस्तै, बन्यगढी जयगढ गाउँपालिका वडा नं ५ कालिकाका २४ वर्षीय नरेश रावल, साँफेबगर नगरपालिका वडा नं ३ का १७ वर्षीय सन्तोष भण्डारी, साँफेबगर नगरपालिका वडा नं ६ भाग्यश्वरका ६० वर्षीय कृष्णराज पण्डित र उनकी श्रीमती ५१ वर्षीया बसुन्धुरा पण्डित घाइते भएकी छिन् । भाग्यश्वरकै २७ वर्षीय अजय रावल, साँफेबगर नगरपालिका वडा नं १३ बाब्लाका ३० वर्षीया कृति सिंह कुँवर, साँफेबगर नगरपालिका वडा नं १० घुघुरकोटकी २३ वर्षीया लक्ष्मी बोगटी, साँफेबगर नगरपालिका वडा नं ४ का ४१ वर्षीय टंक भण्डारी घाइते भएको प्रहरीले जनाएको छ । घाइते मध्ये केही प्राथमिक उपचारपछि घर फर्केको समेत प्रहरी निरीक्षक गुरुले जानकारी दिए । 

सम्बन्धित समाचार

अछाम बस दुर्घटनाः १ को मृत्यु, १७ घाइते

अछामबाट धनगढी आउदै गरेको बस दुर्घटना

कमेन्ट लोड गर्नुस