सुदूर नेपाललाई विश्वसँग जोड्दै

थप १२५५ जनामा कोरोना संक्रमण, २५ संक्रमितको मृत्यु

२०७७ मंसिर १४, ०४:४४ खबर संवाददाता

धनगढी: नेपालमा २४ घण्टामा  १ हजार २ सय ५५ जना कोरोना संक्रमित थपिएका छन्।

यो सहित नेपालमा कुल संक्रमितको संख्या २ लाख ३१ हजार ९ सय ७८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।  

आज देशभर १ हजार ४ सय ४ जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख १२ हजार ५ सय ९० पुगेको छ।

देशभर १७ हजार ९ सय ९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घन्टामा देशभर २५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। अहिलेसम्म १ हजार ४ सय ७९ जना संक्रमितको मृत्यु भइसकेको छ।

आज ८ हजार ८ जनाको पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ।

कमेन्ट लोड गर्नुस