सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुराको अमरगढीमा एक कोरोना संक्रमितको मृत्यु

२०७७ मंसिर १४, ०१:४२ खबर संवाददाता

धनगढी: डडेल्धुराको अमरगढीमा नगरपालिकामा एक कोरोना संक्रमितको मृत्यु भएको छ। 

डडेल्धुरा अस्पतालको आइसोलेनमा उपचाररत अमरगढी नगरपालिका–५ की ८५ वर्षीया कमलादेवी नगरकोटीको आइतबार बिहान मृत्यु भएको हो। 

निमोनिया तथा छातीको समस्याले ग्रसित रहेकी उनीमा केही दिनअघि कोरोना संक्रमण भेटिएको थियो। 

डडेल्धुरा अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा कोरोना देखिएपछि अस्पतालमा भर्ना गरिएको पारिवारिक स्रोतले जानकारी दिएको छ। 

उनको शव रणबम गण दह ब्यारेगले व्यवस्थापन गर्ने स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ। 

यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५२ पुगेको छ। 

कमेन्ट लोड गर्नुस