सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा मोटरसाइल दुर्घटना, एक जना गम्भीर घाइते

फाइल फोटो
फाइल फोटो
२०७७ मंसिर १३, ०७:१८ खबर संवाददाता

धनगढी: धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जना घाइते भएका छन्। 

६ लेन सडक अन्तरगत बोराडाँडी चोकमा सु.प्र. ०१००८८प४०३६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक धनगढी उपमहानगरपालिका–१३ का सञ्जय राना घाइते भएका हुन। 

गम्भीर घाइते भएका उनको माया मेट्रो अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। 

मोटरसाइकलमा सवार सोही ठाउँका २५ वर्षीय भुवन राना भने सकुशल रहेको प्रहरीले बताएको छ। 

माटरसाइकल अनियन्त्रित भएर पल्टिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। 


 


 

कमेन्ट लोड गर्नुस