सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङको छबिसपाथिभेरा वडा नम्बर ७ को कार्यालयमा तालाबन्दी

फाइल फोटो
फाइल फोटो
२०७७ मंसिर १३, ०१:३९ खबर संवाददाता

प्रताप ओली, बझाङ : बझाङको छबिसपाथिभेरा गाउँपालिका–७ को कार्यालयमा स्थानीयले शुक्रबार तालाबन्दी गरेका छन्। वडा कार्यालय पायक पर्ने ठाउँबाट सार्न खोजेको भन्दै स्थानीयले तालाबन्दी गरेका हुन्। 

हाल वडा कार्यालय रहेको ठाउँमा प्रशस्त खाली ठाउँ हुँदाहुँदै पनि सो ठाउँबाट वडाध्यक्ष पदम मण्डेलले वडा कार्यालय अन्यन्त्र सार्न स्थानीयको आरोप छ। यसअघि विभिन्न माग राख्दै वडाध्यक्ष मण्डेललाई ज्ञापन पत्र बुझाएका स्थानीय युवाले माग सम्बोधन नगरी उल्टो वडा कार्यालय सार्न खोजेको भन्दै आन्दोलनमा जानुपरेको बताएका छन्। 

उनीहरुले बझाएको ज्ञापन पत्रमा वडा कार्यालयले आर्थिक वर्ष २०७५/०७६ सम्पन्न गरेका काम कारबाहिको आय–व्यय र लागत सार्वजनिक गर्नुपर्ने, वडाको मजखोरीमा अलपत्र पारिएको सडकलाई बुडखोरीसम्म प¥याउनुपर्ने र वडाको नयाँ भवनलाई पुरानो भवन भएकै स्थानमा निर्माण गर्नुपर्ने माग राखेका थिए।

मंसिर १२ सम्मको म्याद राखेर बुझाएको ज्ञापन पत्रलाई लत्याएर वडाध्यक्ष मण्डेल रारा घुम्न गएकोले पनि स्थानिय थप आक्रोशित भएका हुन्। वडाध्यक्ष वडामा बस्न छोडेर बाहिर घुम्नमा व्यस्त देखिएको स्थानीय युवा कणर् धामीले बताए। 

उनका अनुसार शुक्रबार गरिएको विरोधका क्रममा वडाध्यक्ष मण्डेलको पुत्ला पनि दहन गरिएको छ। साथै अध्यक्ष मण्डेलले एक शरिर बन्धक तथा अपहरणका आरोपितबाट घुस खाएर अपराधी जोगाएर घटनालाई गुपचुपमै मिलाउन खोजेको, वडाबाट भएका विकास निर्माणका कामको आयव्यय सार्वजनिक माग नगरेको, आफु निकटलाई मात्र उपभोक्ता समितिमा राख्ने गरेको, प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा आफ्नै टोलबासीको नाम मात्रै समावेश गरेको र सडक निर्माण क्रममा चरम आर्थिक अनियमितता गरेको स्थानीयले आरोप लगाएका छन्। 

अध्यक्ष मण्डेलले भने भनेकै समयमा आफू छलफलमा नबसेको कुरा स्विकार गर्न तयार रहेको तर अन्य आरोपहरु निराधार रहेको बताएका छन्।

उनले भने, ‘मैले पहिलेकै ठाउँमा वडा कार्यालय राख्ने भए सडक र अन्य ठाउँ दिनुहोस् भनेर वारम्बार बिन्ती गरे। उनीहरुले दान गरेको बाहेक अन्य जग्गा किन्न ८/९ लाख माग्न थाले। उनीहरुले भवनका लागि ९ मिटर मात्रै जग्गा दिए। त्यो जग्गामा कसरी हाम्रा संरचना बन्न सक्छन्। अनि हामीले ८९ लाख तिरेर जग्गा किन्नुभन्दा रोड लाइनमा अर्को किन्न लागेका हौं । उनीहरु आफै गलत गर्छन् मलाई दोष थोपर्छन्।’

आफुले १३ गते पुगेर छलफल भन्ने प्रस्ताव राखेको भएतापनि तालाबन्दी गरिएको अध्यक्ष मण्डेलले बताए।

कमेन्ट लोड गर्नुस