सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा दुर्घटनामा परी ३ जना घाइते, १ जनाको अवस्था गम्भीर

२०७७ मंसिर १३, ०९:३७ खबर संवाददाता

धनगढीः कैलालीमा सडक दुर्घटनामा परी ३ जना घाइते भएका छन। 

पूर्वपश्चिम राजमार्ग अन्तरगत जिल्लाको बर्दगोरिया गाउँपालिका र घोडाघोडी नगरपालिकामा भएका छुट्टाछुट्टै दुर्घटनामा परी ३ जना घाइते भएको प्रहरीले जनाएको  छ। 

जिल्ला प्रहरी कार्यालयका प्रवक्त प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले बर्दगोरिया गाउँपालिकास्थित पूर्वपश्चिम राजमार्गमा से २प २१६४ मोटरसाइकले साइकल यात्री सोही ठाउँका ४२ वर्षीय  जीवन चौधरीलाइ ठक्कर दिदा घाइते भएको बताए। 

चौधरीको अवस्था गम्भीर रहेको छ। उनलाई उपचारका लागि कोहलपुर रेफर गरिएको प्रहरी नायब उपरीक्षक बिष्टले बताए। 

यस्तै पूर्वपश्चिम राजमार्ग अन्तरगत नै घोडाघोडी नगरपालिका १ सुख्खडमा स्थानीय सुसिल श्रेष्ठले चलाएको से४प ७८९४ नम्बरको मोटरसाइकललाई पछाडीबाट अनटेष्ट स्कुटरले ठक्कर दिदा २ जना घाइते भएका छन। 

घाइते हुनेमा स्कुटर चालक अनिल सापकोटा र पछाडी सवार लालबहादुर बिक रहेका छन । उनीहरुको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ।  
 

कमेन्ट लोड गर्नुस