सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रदेश १ मा २२० कोरोना सङ्क्रमित थपिए

२०७७ मंसिर १२, ०९:२४ रासस

प्रदेश नम्बर १ मा पछिल्लो २४ घण्टामा २२० जना कोरोना सङ्क्रमित थपिएका छन् । उक्त अवधिमा गरिएको ९११ जनाको पीसीआर परीक्षणमा ८९ महिला  र  १३१ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

सङ्क्रमितमा झापामा ८४, मोरङमा ७२ मध्ये विराटनगरमा ४४, सुनसरीमा ३५, सङ्खुवासभामा १०, इलाममा छ, खोटाङमा दुई, उदयपुर र धनकुटामा एक-एक र प्रदेश बाहिरका नौ जना रहेका छन् ।

प्रदेशमा सङ्क्रमितको सङ्ख्या २६ हजार ६७९ पुगेको छ । प्रदेशमा आज १८८  सङ्क्रमित होम आइसोलेसन र विभिन्न अस्पतालबाट निको भएर घर फर्केका छन् भने हालसम्म निको हुनेको सङ्ख्या २१ हजार ६७९ पुगेको छ । 
प्रदेशमा हालसम्म एक लाख ८८ हजार ७२९ जनाको पीसीआर परीक्षण  गरिएको छ । 
 

कमेन्ट लोड गर्नुस