सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्वास्थ्य बीमा बोर्डका पदाधिकारीद्वारा शपथ

२०७७ मंसिर १२, ०६:३८ रासस

काठमाडौँ: स्वास्थ्य बीमा बोर्डका नवनियुक्त पदाधिकारीले आज शपथ लिएका छन् । 

बोर्डका अध्यक्ष डा. सेनेन्द्र उप्रेतीले बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलासहित सदस्यहरु डा. तारा साह, इन्द्रकला राई र टीका चापागाईं भट्टराईलाई शुक्रबार स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाललको उपस्थितिमा शपथ गराएका हुन् । 

उक्त समारोहमा मन्त्री ढकालले बीमा कार्यक्रमलाई देशभरी नै पु¥याउनुपर्ने बताए । उनले बीमा कार्यक्रमबारे नागरिकलाई थाहा नभएर सेवा सुविधाबाट वञ्चित हुनुपरेको उल्लेख गर्दै नवनियुक्त पदाधिकारीले बीमा कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्ने बताए । उनले चाँडै नै बीमा योजना पारित गरेर कार्यन्वयनतर्फ लैजाने उल्लेख गरे । 

नवनियुक्त कार्यकारी निर्देशक डा. बसौलाले बीमा कार्यक्रम नपुगेका जिल्लामा यसै आर्थिक वर्षमा पु¥याउने बताए ।  उनले जनचेतनाको अभावले मानिसहरु अझै पनि बीमा नगराएकाले सबै स्थानीय तहमार्फत बीमा गराउनका लागि जनचेतना फैलाउने जानकारी गराए । 

मन्त्रालयले लागू गरेको बीमा कार्यक्रम ६० जिल्लाका ५९७ स्थानीय तहमा लागू गरिएको छ । पाँच जना सदस्य भएका परिवारले वार्षिक तीन हजार ५०० रुपैयाँको बीमा गरे वार्षिक एक लाख रुपैयाँसम्मको स्वास्थ्य सेवा निःशुल्क पाउने गर्दछन् ।

कमेन्ट लोड गर्नुस