धनगढीको मानव सेवा आश्रमद्वारा सडकमा भेटिएका ६ जनाको उद्धार
धनगढीः धनगढीको मानव सेवा आश्रमले सडकमा अलपत्र अवस्थामा भेटिएका ६ जनाको उद्धार गरेको छ।
धनगढी उप–महानगरपालिका र गोदावरी नगरपालिका क्षेत्रका सडकमा अलपत्र अवस्थामा भेटिएका ६ जनालाई उद्दार गरिएको मानव सेवा आश्रमले जनाएको छ।
प्रहरीको सहयोगमा उनीहरुलाई गएराति उद्दार गरिएको हो। सुदूरपश्चिमलाई अबको ८ महिनाभित्र सडकमानव मुक्त प्रदेश निर्माण गरि घोषणा गर्ने लक्ष्य सहित राखिएको मानवसेवा आश्रमले जनाएको छ।
आश्रमले सडकमा अलपत्र परेकाहरुलाई आश्रय दिदै आएको छ।