थप १६१४ जनामा कोरोना संक्रमण, २३ संक्रमितको मृत्यु
धनगढी: नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ६ सय १४ जना कोरोना संक्रमित थपिएका छन्।
यो सहित नेपालमा कुल संक्रमितको संख्या २ लाख २७ हजार ६ सय ४० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
आज देशभर १ हजार ४ सय ३७ जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ९ हजार ४ सय ३५ पुगेको छ।
आज देशभर १६ हजार ७ सय ९३ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घन्टामा देशभर २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। अहिलेसम्म १ हजार ४ सय १२ जना संक्रमितको मृत्यु भइसकेको छ।