सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुराको एक मोबाइल पसलमा चोरी, चोरी गरेको आशंकामा २ जना पक्राउ

फाइल फोटो
फाइल फोटो
२०७७ मंसिर ११, ०३:१४ खबर संवाददाता

बाजुरा : बाजुरा सदरमुकाम मार्तडीमा रहेको एक मोबाइल पसलमा चोरी भएको छ। गैरीबजारमा रहेको गोबिन्द मोबाइल ग्यालेरीमा चोरी भएको ग्यालरीका संचालक गोबिन्द धामीले बताएका छन्।

बुधबार भएको घटनामा संलग्न रहेको भन्दै प्रहरीले २ जनालाई पक्राउ गरेको  छ। चोरी गरेको आशंकामा बढीमालिका नगरपालिका–९ का रोशन बिक र दिपक बिकलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ।   

घटना सम्बन्धी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। 

कमेन्ट लोड गर्नुस