एक लाख ७३ हजारको अवैध सामानसहित धनगढीबाट १ जना पक्राउ
धनगढीः १ लाख ७३ हजारको अवैध सामानसहित धनगढीबाट १ जना पक्राउ परेका छन्।
मंगलबार बेलुका धनगढी उपमहानगरपालिका वडा नम्बर ४ मा डेरा गरी बस्दै आएका राजिव गुप्ताले भारतबाट अवैध सामान ल्याइरहेको भन्ने सूचनाका आधारमा उनको कोठा खानतलासी गर्दा अवैध सामान सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले गुप्तालाई २ सय ३सुट पिस, ३६ वटा प्लाजु, ७२ वटा कुर्ती, ३ वटा माछा मार्ने जाली गरी १ लाख ४४ हजार ९ सय रुपैयाँ र वडा नम्बर २ बाट वच्चाको मोजा सहितका २८ हजार ८ सय रुपैयाँका अन्य किराना समान सहित पक्राउ गरिएको बताए।
उनलाई आवश्यक कारवाहीका लागि कैलाली भन्सार कार्यालयलाई बुझाइएको प्रहरीले जनाएको छ ।