सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका ९१२४ जनाले जिते कोरोना, कुन जिल्लाका कति?

२०७७ मंसिर १०, ०८:१९ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशमा हालसम्म कोरोना पुष्टि भएका ९ हजार बढी संक्रमण मुक्त भएका छन्। 

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार संक्रमण पुष्टि भएका मध्ये ९ हजार १ सय २४ जनाले कोरोना जितेका छन्। 

सबैभन्दा धेरै संक्रमित रहेको कैलालीका ३ हजार ८ सय ३२ जना संक्रमण मुक्त भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ। 

डोटीका १ हजार १ सय ९९, अछामका १ हजार १ सय २८, कञ्चनपुरका १ हजार ९७ जनाले कोरोना जितेको निर्देशनालयको तथ्यांकमा उल्लेख छ।

यस्तै बैतडीका ४ सय ८२, बझाङका ४ सय ८४, बाजुराका ४ सय ५२,डडेल्धुराका ३ सय ७७ र दार्चुलाका ७३ जनाले कोरोना जितेका छन्। 

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार अहिले सम्म प्रदेशभर १० हजार ८ सय ४६ जनामा कोरोना पुष्टि भएको छ। तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार भने सुदूरपश्चिममा संक्रमितको संख्या ११ हजार नाघेको छ। 

संक्रमण पुष्टि भएका ३६ जनाको मृत्यु भएको निर्देशनालयको तथ्यांक भएपनि प्रदेश बाहिरका अस्पतालमा समेत गरी ५० जनाको मृत्यु भइसकेको स्वास्थ्य मन्त्रायले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस