सुदूर नेपाललाई विश्वसँग जोड्दै

थप १७९० जनामा कोरोना पुष्टि, २४ संक्रमितको मृत्यु

२०७७ मंसिर ९, ०४:४२ खबर संवाददाता

धनगढी : नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ७ सय ९० जना कोरोना संक्रमित थपिएका छन्।

यो सहित कुल संक्रमितको संख्या २ लाख २४ हजार ७८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

आज देशभर २ हजार ७ सय ९१ जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ४ हजार ५८ पुगेको छ।

आज देशभर १७ हजार ८ सय ५९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

आज देशभर २४ जना संक्रमितको मृत्यु भएको छ। अहिलेसम्म १ हजार ३ सय ६१ जना संक्रमितको मृत्यु भइसकेको छ।

कमेन्ट लोड गर्नुस