सुदूर नेपाललाई विश्वसँग जोड्दै

गर्लफ्रेण्ड भेट्न जाँदा रातभर धुलाई, भोलिपल्ट त्यही केटीसँग बिहे

२०७७ मंसिर ८, ०२:१२ खबर संवाददाता

धनगढी: प्रेमिका भेट्न गएका एक युवकलाई प्रेमिकाका परिवारले रातभर कुटेका छन् । त्यसपछि उनीहरुले युवकलाई एउटा कोठामा बन्द गरे । 

भोलिपल्ट बिहान उनीहरूले युवकलाई कोठाबाट निकालेर प्रहरीलाई बुझाए ।

तर, पुलिस केस भएमा केटीका माइती पक्षका व्यक्तिहरुसमेत फस्ने देखिएपछि केही व्यक्तिहरुले युवकसँग केटीको परिवारसँग कुरा गरे र रातभरी कुटाइ खाएका युवक बिहान त्यो परिवारको ज्वाइँ बनेका छन् ।

घटना भारतको उत्तर प्रदेशको रामपुरमा मायापिरतीको सुमाली गाउँमा भएको हो । 

प्रेम सिंह नामक युवक लक्ष्मी नामक प्रेमिकालाई भेट्न लगभग मध्यरातमा उसको घर पुगेको थिए । 

 प्रेमी पैमिकालाई भेट्न आइरहन्थे । युवक बिहीबार राती पनि करिब १२ बजे प्रेमिकालाई भेट्न उनको घर पुगे ।

प्रेमिकाका परिजनले आवाज सुनेपछि सतर्क भए । उनीहरुले लुकेर चुपचाप हेर्दा आफ्नी छोरी र प्रेम सिंहको क्रियाकलाप देखेपछि उनीहरुले प्रेमीलाई समातेर कोठामा थुने ।

हल्ला भएपछि छिमेकीहरु पनि आए र युवकलाई कुट्न थाले ।

भोलिपल्ट प्रेमलाई प्रहरी चौकी लगियो ।  प्रहरी अधीक्षक अरुण कुमार सिंहले सबैलाई सँगै राखेर कुराकानी गराए । 

त्यसपछि युवक र युवती दुवै पक्षले विवाह गराउनु उचित हुने निष्कर्ष निकाले । 

अन्तत: रातभरी प्रेमिकाको घरमा कुटाइ खाएका युवक भोलिपल्ट त्यही घरका घरज्वाइँ बनेका छन । -हिन्दूस्तान दैनिकको सहयोगमा

कमेन्ट लोड गर्नुस