सुदूर नेपाललाई विश्वसँग जोड्दै

फेसबुकबाट १० लाख बढी ठगी गरेको आरोपमा बाजुराका युवक पक्राउ

२०७७ मंसिर ७, ०६:०८ खबर संवाददाता

धनगढी: आफनो परिवार बिरामी भएको भन्दै सामाजिक सञ्जाल फेसबुकमार्फत ठगी गरेको आरोपमा बाजुराका युवक पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा हिमाली गाउँपालिकाका २७ वर्षीय रुपचन्द्र पाण्डे रहेका छन् । 

उनी विरुद्ध स्याङ्जा वालिङ्की एक महिलाले प्रहरी कार्यालयमा उजुरी दर्ता दिएकी थिइन । उनका अनुसार पाण्डेले ब्राजिलमा रहेको आफनो परिवार बिरामी भएको भन्दै १० लाख २८ हजार ७ सय रूपैयाँ ठगी गरेका हुन । 

बाँकेको नेपालगञ्जबाट मंसीर ५ गते पक्राउ परेका पाण्डे विरुद्ध ठगी, आपराधिक विश्वासघात सम्बन्धी कसूरमा मुद्दा दर्ता गरिएको प्रहरी नायव उपरीक्षक राजेन्द्र अधिकारीले बताए ।  

कमेन्ट लोड गर्नुस