सुदूर नेपाललाई विश्वसँग जोड्दै

थप १६६९ जनामा कोरोना संक्रमण, १६ संक्रमितको मृत्यु

२०७७ मंसिर ७, ०४:५६ खबर संवाददाता

धनगढी : नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ६ सय ६९ जना कोरोना संक्रमित थपिएका छन् ।

यो सहित कुल संक्रमितको संख्या २ लाख २० हजार ३ सय ८ पुगेको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

देशभर ५ हजार ६ सय ९९ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या १ लाख ९९ हजार २४ पुगेको छ ।

आज देशभर १९ हजार ९ सय ६३ जना सक्रिय संक्रमित छन् । आज देशभर १६ जना संक्रमितको मृत्यु भएको छ । अहिलेसम्म १ हजार ३ सय २१ जना संक्रमितको मृत्यु भइसकेको छ ।

कमेन्ट लोड गर्नुस