सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङको सेती नदीमा बगेर बालक बेपत्ता

२०७७ मंसिर ५, ०९:१२ खबर संवाददाता

बझाङः बझाङको सेती नदीमा बगेर एक बालक बेपत्ता भएका छन् । 

जिल्लाको जयपृथ्वी नगरपालिका वडा नम्बर ४ का हिमाल पुरीका ६ वर्षिया छोरा उत्तर पुरी नदीमा बेपत्ता भएका बझाङ प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायव उपरिक्षक रुपक खड्काका अनुसार नदीमा पानी पिउनका लागि गएको पुरी नदीमा बगेर बेपत्ता भएका हुन् ।

शुक्रबार दिउँसो सेती नदीमा पानी तान्ने मोटर निकाल्न गएका परिवारका सदस्यसंगै उनी पनि नदीमा गएका थिए । उनको एक चप्पल मात्र भेटिएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीले बालकको खोजी गरेपनि शुक्रबार भेटाएको छैन् । उनको शनिबार समेत खोजी हुने छ ।


 

कमेन्ट लोड गर्नुस