सुदूर नेपाललाई विश्वसँग जोड्दै

थप १९४५ जनामा कोरोना संक्रमण, २२ संक्रमतिको मृत्यु

२०७७ मंसिर ५, ०४:५७ खबर संवाददाता

धनगढी: नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ९ सय ४५ जना कोरोना संक्रमित थपिएका छन् ।

यो सहित कुल संक्रमितको संख्या २ लाख १६ हजार ९ सय ६५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

देशभर ५ हजार ३ सय ६४ जना संक्रमणमुक्त भएका छन् । यो सँगै संक्रमणमुक्त हुनेको संख्या १ लाख ९१ हजार २ पुगेको छ ।

आज देशभर २४ हजार ६ सय ६५ जना सक्रिय संक्रमित छन् । आज देशभर २२ जना संक्रमितको मृत्यु भएको छ । यो सँगै मृतकको संख्या १ हजार २ सय ९८ जना पुगेको छ । 

कमेन्ट लोड गर्नुस