सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा सशस्त्र प्रहरीद्धारा झण्डै साढे ३ लाखको अवैध सामान बरामद

२०७७ मंसिर ५, ०६:०८ खबर संवाददाता

धनगढीः कञ्चनपुरमा सशस्त्र प्रहरीले झण्डै साढे ३ लाख बराबरको अवैध सामान बरामद गरेको छ ।

सशस्त्र प्रहरी बलनम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी, बिओपी दोदा र गड्डाचौकीबाट खटिएको गस्ती टोलीले भारतबाट भन्सार छली ल्याउँदै गरेको ३ लाख ३२ हजार ३ सय बराबरका सामान बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण शैलेश्वरी प्रमुख सशस्त्र प्रहरी उपरीक्षक बिरेन्द्रबहादुर ऐरले जिल्लाको पुनर्वास नगरपालिका वडा नम्बर ७ को परासन, पुनर्वास नगरपालिकाकै १० स्थित दशगजा क्षेत्र र भिमदत्त नगरपालिकाको भुजेला ईलाकाबाट ती सामान बरामद गरिएको जानकारी दिए ।

उनका अनुसार भन्सार छली नेपाल भित्र्याउँदै गरेको मोटरसाईकल, बिडी, युरिया, प्याज, सुपर पावर सुर्ति, मोवाईल र हार्डवयरको समान बरामद गरी आवश्यक कारवाहीका लागि कञ्‍चनपुर भन्सार कार्यालय गड्डाचौकी र कैलाली भन्सार कार्यालय त्रिनगर बुझाईएको छ ।
 

कमेन्ट लोड गर्नुस