जन्मदिनमा पुजाराले खुवाए सहारा विहिनलाई खाना
कैलाली, सुखड: धेरैले जन्मदिन होटल र रेष्टुरेन्टमा मनाईरहेका बेला एक युवाले भने आफ्नो जन्मदिनमा असाहयहरुलाई खाना खुवाएका छन् ।
बिहिबार सुवास पुजाराले आफ्नो २६औँ जन्मदिनको अवसरमा बर्दगोरीया नगरपालिका–२ मा रहेको असाहयका लागि सहारा घरमा रहेका ९० जना असाहयहरुलाई खाना खुवाएका हुन् ।
बझाङको छविस पाथिभेरा गाउँपालिका वडा नम्बर ६ वासी पुजारा नेपाल प्रहरीमा कार्यरत छन् । उनी हरेक वर्ष जन्मदिनमा असाहयहरुलाई सहयोग गर्दै आइरहेका छन् ।
२०७२ सालमा स्थापना भएको असाहयका लागि सहारा घरमा यतिबेला ९० जना विभिन्न उमेरका असाहयहरु रहेका छन् ।