सुदूर नेपाललाई विश्वसँग जोड्दै

थप २१०३ जनामा कोरोना संक्रमण, १७ जनाको मृत्यु

२०७७ मंसिर ४, ०५:४६ खबर संवाददाता

धनगढी: नेपालमा पछिल्लो २४ घण्टामा २ हजार १ सय ३ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै कुल संक्रमितको संख्या २ लाख १५ हजार २०  पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

आज देशभर २ हजार ८ सय ५८ जना संक्रमणमुक्त भएका छन्। यो सँगै संक्रमणमुक्त हुनेको संख्या १ लाख ८५ हजार ६ सय ३८ पुगेको छ।

आज देशभर २८ हजार १ सय ६ जना सक्रिय संक्रमित छन्। आज देशभर १७ जना संक्रमितको मृत्यु भएको छ। अहिलेसम्म १ हजार २७६जना संक्रमितको मृत्यु भइसकेको छ।

पछिल्लो २४ घण्टामा ९ हजार ८०५ जनाको पिसिआर परीक्षण भएको छ।

कमेन्ट लोड गर्नुस