सुदूर नेपाललाई विश्वसँग जोड्दै

घट्यो सुनको मूल्य

२०७७ मंसिर ४, ०१:४५ रासस

काठमाडौँ: सुनको मूल्यमा आज गिरावट आएको छ । कोरोना भाइरसको खोपको सफलताका समाचार अन्तरराष्ट्रियरूपमा सार्वजनिक भएपछि त्यसको प्रभाव सुनको मूल्यमा समेत परेको छ । सोही कारण आज स्थानीय बजारमा समेत पहँेलो धातुको मूल्य प्रतितोला ७०० ले ओरालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला ९४ हजार ४०० मा कारोवार भएको छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९५ हजार १०० मा कारोवार भएको थियो । बुधबारको तुलनामा आज छापावाला सुन प्रतितोला ७०० ले घटेको हो ।

त्यसैगरी तेजाबी सुन प्रतितोला ९३ हजार ९०० मा कारोवार भएको छ । बुधबार तेजाबी सुन प्रतितोला ९४ हजार ६०० मा कारोवार भएको थियो । यस्तै चाँदी भने प्रतितोला एक हजार २१५ मा कारोवार भएको छ । बुधबार चाँदी प्रतितोला एक हजार २३० मा कारोवार भएको थियो । बुधबारको तुलनामा चाँदी प्रतितोला १५ ले घटेको हो ।

कमेन्ट लोड गर्नुस