कैलालीमा ९४ हजार बढीको अवैध सामान बरामद
२०७७ मंसिर ४, ११:५१
धनगढीः कैलालीमा ९४ हजार बढी मूल्य बराबरका अवैध सामान बरामद गरिएको छ ।
जिल्लाका विभिन्न स्थानबाट भारतबाट भन्सार छली गरेर ल्याउँदै गरेका लत्ता कपडा तथा किरानाका अवैध सामान बरामद गरिएको हो ।
सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३४ गण हेडक्वाटर कैलाली र मातहतका बिओपीबाट खटिएको टोलीले ९४ हजार २ सय मूल्य बराबरका ती सामान बरामद गरिएको आवश्यक कारवाहीका लागि भन्सार कार्यालय धनगढीमा बुझाएको जनाएको छ ।
कमेन्ट लोड गर्नुस