सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेती अस्पतालमा उपचाररत कैलालीका कोरोना संक्रमितको मृत्यु

२०७७ मंसिर ४, ०७:१० खबर संवाददाता

धनगढीः सेती प्रादेशिक अस्पतालमा उपचाररत कैलालीका कोरोना संक्रमितको मृत्यु भएको छ ।

श्वासप्रश्वासमा समस्या देखिएपछि बुधबार बिहान अस्पताल भर्ना भएका गोदावरी नगरपालिका– ४ का ७३ वर्षीय पुरुषको गएराती उपचारकै क्रममा मृत्यु भएको हो ।

कोरोना पोजेटिभ देखिएपछि कोभिड अस्थायी अस्पतालमा सार्ने क्रममा उनको राती करिब ११ बजेतीर मृत्यु भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ । 

कमेन्ट लोड गर्नुस