सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा बसको ठक्करबाट युवतीको मृत्यु, १ जना घाइते

२०७७ मंसिर ३, ०८:३७

धनगढीः धनगढीमा बसले मोटरसाइकललाई ठक्कर दिदा एक युवतीको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । 

बुधबार साझ धनगढी उप–महानगरपालिका वडा नम्बर ३ मा कञ्चनपुरको बेलौरी जाँदै गरेको ना ५ ख ८९३२ नम्बरको पवनदुत यातायातको बसले भे प १५२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा बर्दियाको ठाकुर बाबा नगरपालिका २ की २१ वर्षीया तुलसी पौडेलको मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय कैलालीका सहायक प्रवक्ता प्रहरी निरीक्षक हिक्मत थापाका अनुसार उनको नवजीवन अस्पतालमा मृत्यु भएको हो । मोटरसाइकल चालक सुर्खेतको बिरेन्द्र नगर नगरपालिका ११ का २१ वर्षिय मदन ढकाल घाइते भएका छन् । उनको हात र खुट्टामा चोट लागेको प्रहरीले जानकारी दिएको छ । 

बसका चालक कृष्णपुर नगरपालिका वडा नम्बर २ का २६ वर्षिय नरेन्द्र रतुकी र बसलाई प्रहरीले नियनत्रणमा लिएको छ । 
 
 

कमेन्ट लोड गर्नुस