तिहारमा पनि भएन व्यापार
हरिश चन्द, डडेल्धुराः विगतमा दशैंतिहार तथा छठ लगायतका चाडपर्वमा सामान्यभन्दा दोब्बरजस्तै हुने व्यापार अहिलेको वर्ष भने आधाले घटेको छ । विश्वभर फैलिएको कारोना भाइरस (कोभिड–१९)को प्रभावसँगै यो तिहारमा व्यापार हुन नसकेको हो । कोरोना महामारीको कारण रोजगारी गुमाएको कारण क्रयशक्ति घट्दा तथा विगतमा जस्तै स्वतन्त्र रूपमा बजार गएर सामान किन्न नसक्ने वातावरण नहुँदा व्यापार घटेको हो ।
सधैँजसो तिहारमा भीडभाड हुने डडेल्धुराका व्यापारिक होलसेल हाउस यतिबेला सुनसान जस्तै देखिन्छ । सडक पेटीदेखि डिपार्टमेन्टल स्टोरमा तिहारमा दोब्बर व्यापार हुने गरेकोमा यो वर्ष मुस्किलले केहि प्रतिशत व्यापार भएको व्यापारीहरु बताउँछन् ।
व्यापारीहरुले तिहारका बेला कोराना भाइरसका कारण ग्राहक सामान खरिद गर्न नै नआएको बताएका छन् । व्यापारिक होलसेल स्टोरमा फाट्टफुट्ट ग्राहक आउने गरेको छन् । यस्तै होलसेल बजारमा ५० प्रतिशत व्यापार भएपनि खुद्रा पसलमा व्यापार हुन नसकेको व्यवसायीले बताएका छन् ।
कोरोनाका कारण व्यापार हुने सिजनमा पनि बाहिर जिल्लाबाट समयमै समान नआउदा समस्या भएको भागेश्वर फेसन हवका संचालक महेशप्रसाद भट्टले बताए । ‘अहिले बंैकको ब्याज र घरभाडा तिर्न धेरै समस्या भएको छ’ उनले भने, ‘यो वर्ष सोचजस्तो व्यापार भएन ।’
यस्तै तिहार लक्षित गरेर व्यापारिक पसलले विभिन्न अफर ल्याएपनि ग्राहकको आकर्षण बढ्न सकेको छैन् । तिहार लक्षित गरेर ल्याइएका सामान काठमाण्डामौं, यस्तै भारतबाट आउने सामान र चिनको केरुङ्ग आउने सामान नाकामा रोकिएकाले पनि थप समस्या परेको व्यवसायीले दुखेसो गरेका छन् ।