सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपालमा थप १४४२ जनामा कोरोना संक्रमण, थप १२ जनाको मृत्यु

२०७७ मंसिर ३, ०४:३३ खबर संवाददाता

धनगढी: नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ४४२ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै कुल संक्रमितको संख्या २ लाख  १२ हजार ९१७  पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ हजार ५३८ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त  हुनेको संख्या १ लाख ८२ हजार ७८० पुगेको छ ।

आज देशभर २८ हजार ८७८ जना सक्रिय संक्रमित छन् । आज देशभर १२ जना संक्रमितको मृत्यु भएको छ। यो सँगै मृत्यु हुने संक्रमितको संख्या १ हजार २५९ जना पुगेको  छ । 
 

कमेन्ट लोड गर्नुस