सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा ७ जुवाडे पक्राउ

२०७७ मंसिर ३, ०१:२१ खबर संवाददाता

बझाङ: बझाङ प्रहरीले चैनपुरबाट ७ जना जुवाडेलाई पक्राउ गरेको छ ।

कृषि विकास बैंकको माथिल्लो तल्लाबाट प्रहरीले दिपक रोकाया, पुरन धामी, टोपबहादुर बोहरा, देवेन्द्र खड्का, राजेन्द्र खड्का, बिरबहादुर मण्डेल, सेर बहादुर बोहरालाई पक्राउ गरेको बझाङ प्रहरी प्रमुख डिएसपी रुपक खड्काले जानकारी दिए । 

मंगलबार पक्राउ परेकाहरुबाट ८ गड्डी ताससँगै नगद १ लाख ६२ हजार ३३० रुपैयाँ समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

तिहारमा जिल्लामा अध्यधिक जुवातासका घटना हुनेभएपनि गाउँगाउँ सम्म प्रहरी सयंन्त्र भने पुग्न सकेको छैन् । 

कमेन्ट लोड गर्नुस