सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा भीरबाट लडेर एक जनाको मृत्यु

२०७७ मंसिर १, ०३:५४ खबर संवाददाता

बाजुरा: बाजुरामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको बडीमालिका नगरपालिका–९ का शेरबहादुर बडुवालको भीरबाट लडेर मृत्यु भएको हो । 

आईतवार राति राप्क बजारबाट फडिल्ला घर गएका उनको शव भीरबाट लडेको अवस्थामा फेला परेको स्थानयले बताएका छन् । अत्यधिक मदिरा सेवन गरेर भीरको बाटो गएका उनको झोला, टोपी र मोबाइल सोमबार बिहान बाटोमा फेला परेको थियो । 

उक्त सामान शेरबहादुरको भएको थाहा पाएपछि भीरमा खोज्दा उनको शव फेला परेको आफन्तले बताएका छन् । 

कमेन्ट लोड गर्नुस