सुदूर नेपाललाई विश्वसँग जोड्दै

हङ्कङमा नेपाली रेष्टुरेन्टमा आगलागी हुँदा ७ जनाको मृत्यु, १३ जना घाइते

२०७७ मंसिर १, १०:५० खबर संवाददाता

हङ्कङको जोर्डनमा सन्चालित एक नेपाली रेष्टुरेन्टमा आगलागी हुँदा सात जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । घाइतेमध्ये सात जनाको अवस्था गम्भीर रहेको हङकङका सञ्चार माध्यमले जनाएका छन् । 

सञ्चार माध्यमका अनुसार रेष्टुरेन्टमा आइतबार राति करिब ८ बजेतिर आगलागी भएको थियो । आगलागीमा परेर चार जना पुरुष र तीन जना महिलाको मृत्यु भएको हो । बालबालिकासहितका केही व्यक्तिहरुलाई उद्धार गरिएको छ ।

यो नेपालीहरुले लाइसेन्स नलिइकन सन्चालन गरेको रेष्टुरेन्ट बताइउको छ भने अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

कमेन्ट लोड गर्नुस