सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा १३ वर्षीया बालिकालाई बलात्कार गर्न खोजेको आरोपमा युवक पक्राउ

सांकेतिक तस्विर
सांकेतिक तस्विर
२०७७ कार्तिक २८, ०६:३८ खबर संवाददाता

धनगढी: डडेल्धुरामा १३ वर्षीया बालिकालाई बलात्कार गर्न खोजेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको अजयमेरू गाउँपालिका–३ का २२ वर्षीय दानी विक रहेका छन् । 

जबरजस्ती करणी उद्योग गरेको जाहेरीका आधारमा विकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए ।

उनीमाथि जिल्ला अदालतबाट ८ दिनको म्याद थप अनुमती दिइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

कमेन्ट लोड गर्नुस