थप २१११ जनामा कोरोना संक्रमण
२०७७ कार्तिक २८, ०४:५५
धनगढी: नेपालमा थप २ हजार १ सय ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो संख्यासहित नेपालमा हालसम्म कुल कोरोना संक्रमितको संख्या २ लाख ६ हजार ३ सय ५३ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर ३ हजार ५ सय ३७ जना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म १ लाख ६८ हजार १ सय २९ जना निको भएका छन् ।
आज देशभर ३७ हजार २२ सय जना सक्रिय संक्रमित छन् ।
कमेन्ट लोड गर्नुस