सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको खोड्पेमा बस खस्यो, ८ जनाको मृत्यु, २९ भन्दा बढी घाइते

घाइते बालिका
घाइते बालिका
२०७७ कार्तिक २८, १२:५१ आशिष मल्ल

धनगढी: बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा बस दुर्घटना भएको छ । दुर्घटनामा परी हालसम्म ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक नारायण प्रशाद अधिकारीले पुष्टि गरे । 

दार्चुलाको गन्नाबाट महेन्द्रनगर आइरहेको ना५ख ५१४१ नम्बरको बस खोड्पे बजार नजिक राति करिब साढे १० बजेतिर सडकबाट खसेको उनले बताए । दुर्घटनामा हालसम्म २९ जना भन्दा बढी घाइते भएको समेत उनले जानकारी दिए । 

‘अहिले स्थानीय र प्रहरीको टाेलीले उद्धार कार्य गरिरहेको छ । घाइतेलाई डडेल्धुरा अस्पताल पठाउँदैछौ’ प्रहरी नायव उपरीक्षक अधिकारीले भने ।

मृतक र घाइतेको पहिचान खुल्न बाँकी रहेको छ । 

आशिष मल्ल, दिनेश खबरका डेस्क सम्पादक हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस