सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङकी सम्झना बिकको परिवारलाई सरकारले ३ लाख राहत दिने

२०७७ कार्तिक २७, ०७:०१ खबर संवाददाता

धनगढी : बलात्कारपछि हत्या गरिएको बझाङकी १२ वर्षीया सम्झना बिकको परिवारलाई सरकारले ३ लाख आर्थिक सहायता प्रदाने गर्ने भएको छ ।

कात्तिक २० गते बसेको मन्त्रिपरिषदको बैठकले बालिकाको परिवारलाई राहतस्वरुप ३ लाख आर्थिक सहायता दिने निर्णय गरेको हो ।

गत असोज ७ गते मस्टा गाउँपालिका–२ की सम्झनाको बलात्कारपछि हत्या भएको थियो ।  उनको हत्या गरेको आरोपमा राजेन्द्र बोहोरा पक्राउ परिसकेका छन् । 
 

कमेन्ट लोड गर्नुस