सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपालमा थप २५६९ जना संक्रमित थपिए

२०७७ कार्तिक २६, ०६:१२ खबर संवाददाता

धनगढी : नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ५ सय ६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यो संख्यासहित नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख २ हजार ३२९ पुगेको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर १ हजार ६६६ जना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म १ लाख ६२ हजार २४३ जना निको भएका छन्। 

आज देशभर ३८ हजार ९१२ जना सक्रिय संक्रमित छन्।

कमेन्ट लोड गर्नुस