सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङ्ग जिल्ला कारागारबाट विप्लव समूहका धामी भागे

२०७७ कार्तिक २६, १२:१४ खबर संवाददाता

प्रताप ओली, बझाङ्ग : जिल्ला कारागार बझाङबाट एक जना भागेका छन् ।

नेकपा विप्लव समूहमा आवद्ध प्रविन्द्र धामी कारागारभित्रको आइसोलेसन कक्षबाट भागेका हुन् । उनी बुधबार विहान ६ बजेदेखि ६ः१५ बीचको समयमा सुरक्षाकर्मीले ड्युटी परिवर्तन गरिरहेको समयमा भागेको जेलर झलक रोकायाले बताए ।

उनी छबिसपाथिभेरा वडा नम्बर ५ का वासिन्दा हुन् । उनी गत कात्तिक १५ गते पक्राउ परेका थिए । कात्तिक १७ गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

संक्रमित भागेपछि कोरोना फैलन सक्ने भन्दै जिल्ला प्रहरी कार्यालयले उनको खोजी तीव्र बनाएको छ ।

कमेन्ट लोड गर्नुस