थप २५७१ जनामा कोरोना संक्रमण
२०७७ कार्तिक २४, ०४:४६
धनगढी : नेपालमा थप २ हजार ५ सय ७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ९७ हजार २४ पुगेको छ।
आज देशभर १ हजार ७९८ जना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म १ लाख ५९ हजार ७२४ जना निको भएका छन्।
आज देशभर ३६ हजार १७४ जना सक्रिय संक्रमित छन्।
कमेन्ट लोड गर्नुस