सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका थप २९ जनामा कोरोना पुष्टि

२०७७ कार्तिक २४, ०३:५५ खबर संवाददाता

धनगढीः धनगढीका थप २९ जनामा संक्रमण पुष्टि भएको छ ।

सोमबार सेती प्रादेशिक अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा धनगढी उपमहानगरपालिकाका विभिन्न वडाका २९ जनामा संक्रमण पुष्टि भएको हो ।

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले वडा नम्बर ५ का १० जना, वडा नम्बर १ र २ का ५/५ जना, वडा नम्बर ३ का ४ जना, वडा नम्बर ४ र १० २/२ जना र वडा नम्बर ८ का एक जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।
 

कमेन्ट लोड गर्नुस