भारतबाट थप २८ आइसीयू भेन्टिलेटर सहयोग
भारतले नेपाललाई २८ वटा आइसीयू र भेन्टिलेटर सहयोग गरेको छ । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणमा सहयोग हुने उद्देश्यले स्वास्थ्य सामग्री सहयोग गरेको हो ।
नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई उक्त सामग्री हस्तान्तरण गरेका छन् ।
गत बैशाख १० गते पारासिटामोल, हाइड्रोक्लोरोक्वीन लगायतका अत्यावश्यक सामाग्री, जेठ ४ गते कोभिड–१९ परिक्षण कीट, श्रवाण २५ गते आइसीयु भेन्टटिलेटर तथा भाद्र ३० गते रेमडेसिभर औषधी समेत सहयोग गरेको थियो ।