सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका थप ३३ जनामा कोरोना पुष्टि

२०७७ कार्तिक २३, ०४:४५ खबर संवाददाता

धनगढीः धनगढीका थप ३३ जनामा संक्रमण पुष्टि भएको छ ।

आइतबार सेती प्रादेशिक अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा धनगढी उपमहानगरपालिकाका विभिन्न वडाका ३३ जनामा संक्रमण पुष्टि भएको हो ।

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले वडा नम्बर २ का ७ जना, वडा नम्बर ५ र ७ का ६/६ जना, वडा नम्बर ४ का ५ जना, वडा नम्बर ३, ८ र १३ का २/२ जना, यस्तै वडा नम्बर १, १४ र १८ का एक/एक जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।
 

कमेन्ट लोड गर्नुस