धनगढीमा परालको थुप्रोमा आगलागी
२०७७ कार्तिक २२, ०३:१४
धनगढीः धनगढीमा परालको थुप्रोमा आगलागी भएको छ ।
धनगढी उप–महानगरपालिकाको वडा नम्बर १० को घुईयाघाटमा स्थानीय हेमराज रानाको परालको थुप्रोमा आगलागी भएको छ ।
घुईयाघाटका स्थानीय राम रानाले उनको परालको थुप्रोमा आगलागी भएको जानकारी दिए ।
रानाका अनुसार २० डल्लब जति पराल जलेर नष्ट भएको छ भने स्थानीय सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।
कमेन्ट लोड गर्नुस