कञ्चनपुरमा ९६ हजारको अवैध सामान बरामद
धनगढीः कञ्चनपुरमा अवैध सामान बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले भन्सार छली गरी ल्याईएको अवैध सामान बरामद गरेको हो ।
बेलौरी नगरपालिका वडा नम्बर ५ का राधे रानाले से ४ प ५२९९ नम्बरको मोटरसाईकलमा भन्सार चोरी पैठारी गरी ल्याएका समान डेरी मिल्क चकलेट, ललिपप चक्लेट, सोडा, त्रिशुल सुर्ति बरामद गरिएको प्रहरीले जनाएको छ ।
यस्तै बेलौरी नगरपालिका वडा नम्बर ४ बस्ने बासमती रानाले अबैध रुपमा भन्सार छलिगरी ल्याएका समान सलाई, सेम्पु, मिठो सुपारी, जिरा खाने तेल समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुर प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले बताए ।
उनका अनुसार जिल्लाको विभिन्न स्थानबाट ९६ हजार भन्दा बढीको अवैध सामान बरामद गरी भन्सार कार्यालयलाई बुझाईएको छ ।