मिनि गाडीको ट्रायल हेभी गाडीले दिन लगाएपछि बिरोध
धनगढी: यातायात व्यवस्था कार्यालय धनगढीले मिनि गाडीको ट्रायल ३२ सिटे हेभी गाडीले दिन लगाएको भन्दै बिरोध भएको छ ।
बिहिबार फाप्लास्थित ट्रायल सेन्टरमा भएको ट्रायलमा हेभी गाडीबाट ट्रायल दिन लगाएपछि सेवाग्राहीले विरोध जनाएका हुन् ।
ट्रायल दिन साहुको गाडी मागेर ल्याऔँ तर यातायात कार्यालयले आफूहरुले ल्याएको मिनि गाडीले ट्रायल दिन नदिएको सेवाग्राही जनक भाटले गुनासो गरे ।
सेवाग्राहीको बिरोध भएपछि यातायात कार्यालयले प्राबिधिक त्रुटि भएको भन्दै विहिबार भएको ट्रायल परीक्षा बदर भएको जनाएको छ ।
२६ जनाले ट्रायल दिएको मध्ये असफल भएकाहरुले अर्कोदिन ट्रायल दिन पाउने यातायात व्यवस्था कार्यालय धनगढीका प्रमुख लक्ष्मण शाहले बताए । शाहले ट्रायल परीक्षा दिने व्यक्तिले आफनो गाडीले परीक्षा दिन पाउने समेत जानकारी दिए ।