सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा सडकको क्षेत्राधिकार भित्र पर्ने संरचना घरधनी भत्काउँदै

२०७७ कार्तिक २०, ०८:०२ खबर संवाददाता

धनगढीः धनगढीमा सडकको क्षेत्राधिकार भित्र पर्ने संरचना घरधनीले भत्काउन थालेका छन् ।

धनगढी उप–महानगरपालिकामा संघीय सरकारको क्षेत्रिय सहरी विकास आयोजना अन्तरगत निर्माण हुने सडकको क्षेत्राधिकार भित्र पर्ने संरचना धरधनीले स्वस्र्फुत रुपमा भत्काउन थालेका हुन् ।

क्षेत्रिय सहरी विकास आयोजना अन्तरगत निर्माण हुने गुल्म चर्च सडक र शहीदगेट–क्याम्पस रोड सडकमा पर्ने संरचनाहरु स्थानीयले भत्काउन थालेका छन् ।

बुधबारदेखि उनीहरुले संरचना भत्काउन थालेको उपमहानगरपालिकाले जनाएको छ ।

नगर प्रमुख नृपबहादुर वड, उपप्रमुख सुशिला मिश्रभट्ट लगायतका जनप्रतिनिधिले सडकको क्षेत्राधिकार भित्र पर्ने संचरना भत्काएर विकासको काममा सहयोग गर्ने नगरबासीलाई धन्यवाद समेत दिएका छन् ।    
 
 

कमेन्ट लोड गर्नुस