सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा मृत भेटिएका पुरुषको पहिचान खुल्यो

२०७७ कार्तिक १९, ०७:४७ खबर संवाददाता

धनगढीः कञ्चनपुरमा मृत अवस्थामा भेटिएका पुरुषको पहिचान खुलेको छ ।

मंगलबार महेन्द्रनगरस्थित भीमदत्त नगरपालिका वडा नम्बर ४ मा मृत अवस्थामा भेटिएका पुरुषको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमर थापाले जानकारी दिए ।

उनका अनुसार मृतक पुरुष दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ९ का ४३ वर्षीय बिरेन्द्रसिह नगारी रहेको खुलेको हो ।

नगारीका आफन्त सम्पर्कमा आएकाले प्रक्रिया पुगाएर शव बुझाईने प्रहरीले जनाएको छ ।  
 

कमेन्ट लोड गर्नुस