सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतीय जंगलमा भेटिएको शव धनगढीकी महिलाको भएको पुष्टि

२०७७ कार्तिक १९, ०७:११ खबर संवाददाता

धनगढीः भारतीय जंगलमा भेटिएको शव धनगढीकी महिलाको भएको पुष्टि भएको छ ।

भारतको दुधुवा राष्ट्रिय निकुञ्जको रानीवनमा भेटिएको शव धनगढी उप–महानगरपालिका वडा नम्बर ४ भगवती टोलकी ५५ वर्षीय महिला नरुदेवी कठायतको भएको पुष्टि भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले उक्त शव कठायतको भएको पुष्टि भएको जनाउँदै परिवारका सदस्य सम्पर्कमा आएको जानकारी दिए ।

मृतक महिलाको शव नजिकै भेटिएको डायरीका आधारमा परिचय खुलेको उनले बताए । डायरीमा मृतकको नाम, श्रीमान र बुवाको नाम लेखेको भेटिएको थियो ।

मानसिक अवस्था ठीक नभएकी कठायत केही समयदेखि सम्पर्कविहिन थिईन् । उनको भारतमै रहेकाले आवश्यक प्रक्रिया पुगाएर आफन्तको जिम्मा लगाइने प्रहरीले जनाएको छ । 

कमेन्ट लोड गर्नुस